साना बच्चा प्रायः रातको समयमा रोएको सुनिन्छ बच्चा दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी भोग्नु परिरहेको हुन्छ बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले विभिन्न नयाँ कुराको अनुभव लिइरहेका हुन्छन् आफ्नो वरिपरी दिनभर केही केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छन् तर, राति सुनसान हुने हुँदा उसले एक्लो महसुस गर्छ रुन थाल्छ

 बच्चाले सानैदेखि सपना देख्ने गर्दछन् यही क्रममा कहिलेकाँही डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात ब्युँझिन्छन् रुन थाल्छन्
बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्दछन् कहिलेकाँही बीचबीचमा असहज अनुभूति गर्दछन् यसको प्रभावस्वरुप राति रुन थाल्दछन्
दिनको समयमा केही केही कुरामा भुलिरहेका हुन्छन् तर, राति अध्याँरोदेखि डराएर एक्लो महसुस गर्दछन्
बच्चा आसपासको तापक्रम घटबढ हुँदा निद्राबाट ब्युँझिएर बच्चा रुन थाल्दछन्
कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ अनि, निद्रामै एक्कासी अर्धहोस भएर रुन थाल्दछन्
बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ यसो हुँदा आछ्यान चिसो हुन्छ चिसो भएपछि पनि बच्चा रुन थाल्छ
साथै सुत्ने ठाँउ आरामदाही नहुँदा पनि अनीहरु रुन्छन्

तपाईको प्रतिक्रिया