इटहरी । पछिल्लो समय युवाहरुको आकर्षण बन्दै आएको हिपप संगित पहिलो पटक इटहरीमा राष्ट्रिय अन्तराष्ट्रिय कलाकारहरुको सहभागितामा आयोजना हुने भएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने हिपप सांगितिक कार्यक्रम ओशियन पार्कमा यही जेष्ठ ३० गते आयोजना गरिने पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
हन्टमा २०१८मा टप १०० हिजेन विजेता डिजे लेनेटा समेत आउने ग्लोबल ड्म्सि म्यानेजमेन्टको आयोजनामा हुन लागेको आयोजक संस्थाकी सुभेक्षा कार्कीले जानकारी दिइन । त्यसै गरी नेपालका ख्याति प्राप्त डिजे विधान लामा , डिजे अर्पणा र्यापर दंगाली ब्वाइज , र्यार सरकार लगायतको प्रस्तुति रहने हि पपबाट संकलित रकमको २० प्रतिशत रकम इटहरीकी बोन टिबी पिडित अनिसा सापकोटाको उपचारका लागि हस्तान्तरण गरिने समित कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया