भारतीय वायु सेनाको बेपत्ता विमान अझै फेला पर्न सकेको छैन । १३ जना सवार विमान हराएको ३ दिन भईसक्दा पनि फेला पार्न सकेको छैन ।
बेपत्ता विमानको खोजीका लागि सुरक्षा अधिकारीहरु लागिपरिरहेका छन् । उनीहरु कोही स्थलगत र कोही हवाईमार्ग हुँदै खोजलाई तिव्रता दिईरहेका छन् । एएन ३२ विमान युद्धस्तरमा खोजीका लागि नौसेना देखि थलसेनासम्म लागिरहेका छन् । उक्त विमान स्थानीय समय अनुसार दिँउसो १ बजेबाट सम्पर्क बिहिन भएको थियो ।
पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त विमान अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको जानकारी छ ।
टेक अफ भएको केही समयमा नै विमान सम्पर्क विहीन भएपछि खोजी कार्य भइरहेको छ । तर विमानको अवस्था बारे कुनै जानकारी प्राप्त भएको छैन ।

तपाईको प्रतिक्रिया