ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारलाई बलात्कारको आरोप लागेको छ । उनीमाथि एक ब्राजिलकी महिलाले पेरिसको होटलमा बलात्कार गरेको आरोप लगाएकी छिन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले शनिबार नेमारमाथिको उजुरीसम्बन्धी कागजात प्राप्त गरेका छ । कागजात अनुसार घटना मे १५ राती ८ बजे तिर एक होटलमा भएको थियो ।

हालसम्म नेमारको पक्षबाट उनका पिता नेमार डोस सान्तोषले मात्र बोलेका छन् । उनले एक टेलिभिजन अन्तरवार्ताको क्रममा आफ्नो छोराले कुनै गल्ती नगरेको बताए ।

तपाईको प्रतिक्रिया