इटहरी । आकस्मीक तथा प्राथमिक स्वास्थ्य सेवाप्रवाहलाई गुणस्तरीय वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा चिकित्शक तथा स्वास्थ्यकर्मीहरुलाई एक वर्षे इमरजेन्सी मेडिसिन तालिम शुरु भएको छ ।

रिमोट इमरजेन्सी एण्ड प्राइमरी हेल्थ केयर सर्भिस नेपाल (रेप्सिन) इटहरीको आयोजनामा एक बर्षे इमरजेन्सी मेडिसिन तालिम शुरु भएको हो । प्रदेस नम्वर १का विभिन्न जिल्ला ३० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको तालिमको उद्घाटन गर्दै प्रदेस नम्वर १का सामाजिक विकास मन्त्री जीवन घिमीरेले स्वास्थ्यसंग जोडिन खानपानका विषयलाई समेत सचेतना साथ अघि वढाउनु पर्नेमा जोड दिए ।

इटहरी उपमहानगरपालिकाको सहयोगमा सुरु गरिएको तालिमको संयोजन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान , इटहरी अस्पताल , रेडक्रस सोसाइटी इटहरी र संगित साधना प्रतिठानले गरेको रेप्सिन इटहरीका सदस्य सचिव रामकुमार धमलाले वताए । सहजरुपमा स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलव्ध गराउन सकियोस भन्ने मुल उद्धेश्यले तालिमको आयोजना गरिएको र तालिम प्राप्त गरिसकेपछि स्वास्थ्यकर्मीहरुले विभिन्न ठाउँमा पुगेर सेवा गर्ने रेप्सिन इटहरीका अध्यक्ष राजु केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया