इटहरी/ इटहरीमा बुधबारबाट  एक नम्बर प्रदेश स्तरिय एथलेटिक्स प्रतियोगिताको     सुरुभएको छ । प्रतियोगिताको उद्धघाटन गर्दै प्रदेश १ का सामाजिक बिकास मन्त्री जीबन घिमिरेले कतिपय खेलकुद ऐन बनाउन ढिलाइ भएकाले सोचे जति काम गर्न नसकेको बताएका छन ।

मन्त्री घिमिरेले प्रदेश सरकारले बितेको एक बर्षमा खेल क्षेत्रमा अपेक्षा गरिए जति काम गर्न नसकिए पनि आगामी आर्थिक बर्षमा उल्लेख्य प्रगति हुने दाबी गरे ।

प्रदेश सरकारले एक नम्बर प्रदेशका १४ वटै जिल्लामा खेलकुदका पूर्वाधार निर्माणको लागी बजेट बिनियोजन गरेको उनले जानकारी दिएका छन ।

अहिले पनि खेलकुदलाइ समाजले हेर्ने दुष्टीकोण सकारात्मक नभएको उल्लेख गर्दै मन्त्री घिमिरेले खेलकुदकै माध्यमबाट देश र समाजको पहिचान स्थापित हुन्छ भन्ने कुरा बुझाउन आग्रह  गरे ।

प्रदेश एकका बिभिन्न जिल्लामा भैरहेका बिभिन्न खेलकुदका कार्यक्रमले खेलाडी उत्पादनमा योगदान पुर्याउने भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरे । कार्यक्रममा पूर्वाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष रबिन नगरकोटी, कोषाध्यक्ष गणेश बुढाथोकी, टेकप्रसाद कटेल लगायतले प्रदेश सरकारले खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै यसलाइ निरन्तरता दिन आग्रह गरे ।

सोमबार सम्म चल्ने प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा एक नम्बर प्रदेशका १४ वटै जिल्लाका खेलाडीहरु सहभागी रहेको सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष एवंम प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया