इटहरी/विराटनगर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी ओलीसँगको सम्बन्ध थप प्रगाढ भएको बताएका छन् ।

विराटनगर बिमानस्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै प्रचण्डले ओलीसँगको सम्बन्ध अतिरञ्जनापुर्ण प्रचारले नबिगार्ने बताए ।

प्रचण्डले पार्टीका नेता कार्यकर्ता, समर्थक, जनसमुदायलाई अनावश्यक प्रचार नगर्न र आरोप प्रत्यारोपमा नउत्रनसमेत आग्रह गरेका छन् । प्रचण्डले आफुले भनेको कुरा नौलो नभई सहमति भएको विषय र पहिले नै सार्वजनिक भएको बताए ।

आफूले बोलेको विषयमा प्रधानमन्त्री केपी ओलीले दिल्लीमा दिएको अभिव्यक्ति प्रतिकात्मक भएको प्रचण्डको भनाइ थियो । पार्टी एकताको सन्दर्भमा भएका सहमतिको स्मरण मात्रै आफूले गरेको तर, बाहिर कोकोहोलो र प्रचार बाजी भएको उनको तर्क थियो ।

तपाईको प्रतिक्रिया