इटहरी । पशुपालक कि  सानहरुले उत्पादन गर्दै आएको दुध विक्री नहुने गुनासो बढीरहेको समयमा प्रदेश नम्बर १ का किसानहरुलाई उत्साहित वनाउदै सुनसरीको इटहरीमा धुलो दुध उत्पादन उद्योग निर्माण हुने भएको छ ।

किसानहरुबाट संकलन भएको दुधलाई धुलो दुध वनाउने मुख्य लक्ष्य सहित उद्योग निर्माण गर्न लागिएको हो । विश्व दुध दिवसको अवसर पारेर सुनसरी इटहरी १ आँपगाछिमा निर्माण हुन लागेको धुलो दुध उत्पादन गर्ने उद्योगको प्रदेस नम्बर १का मुख्य मन्त्री शेरधन राईले शिलान्यास गरेका हुन । पशुपालक किसानहरुले उत्पादन गरेको दुधको धुलो दुध वनाउने उद्योग सञ्चालनमा आएपछि विक्र नहुने समस्या अन्त्य हुने विश्वास मुख्य मन्त्री राईले व्यक्त गरे । उनले किसानहरुले उत्पादन गरेको दुधको मुल्य नपाइरहेको तर्फ मध्यनजर गर्दै धुलो दुध वनाउने उद्योगका लागि प्रदेस सरकारले २० करोड अनुदान उपलव्ध गराएको समेत मुख्य मन्त्री राई जानकारी दिए । उनले प्रदेस नम्वर १को हिमाल देखि तराई सम्म खाद्यन्न ,जडीवुटी उत्पादनमा प्रदेस सरकारले जोड दिदै बजेट विनियोजन समेत गर्दै लैजाने वताए । कार्यक्रममा सहभागी दुद्य उत्पादक उद्योग तथा पशुपालक किसानहरुले भने लागत अनुसार दुधको मुल्य किसानहरुले नपाइरहेको गुनासो गरे ।

कामधेनु दुद्य विकास सहकारी इटहरी सहित सगरमाथा एकीकृत दुद्य उद्योग सुन्दरहरैचा, जिवन विकास डेरी प्रोडक्स विराटनगर लगायतको लगानी २८ करोड ६१लाख २३हजार ७० रुपौयाको लागत रहने गरी धुलो दुध उत्पादन गर्ने उद्योग सञ्चालन गर्न लागिएको अध्यक्ष बाबुराम खत्रीले जानकारी दिए । कार्यक्रममा प्रदेस नम्बर १ प्रदेससभा सदस्य सर्वध्वज साँवा , दुद्य उत्पादक उद्योग संघ मोरगंका अध्यक्ष यादव ढकाल , कृष्ण अधिकारी लगायतले दुद्य जन्य वस्तुको उत्पादन विक्री वितरण तथा पशुपालनका विषयमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया