उत्तरकोरियाली शासक किम जोङ ऊनले आफ्ना ५ जना उच्च अधिकारीलाई मृत्युदण्ड दिएका छन् । गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको किमको दोस्रो शिखर वार्ता असफल भएपछि क्रुद्ध भएका उनले वार्ताका लागि वातावरण बनाउने र सहयोग गर्ने आफ्ना अधिकारीहरुलाई मृत्युदण्डको सजाय दिएका छन् ।

दक्षिण कोरियाको अखबार ‘चोसन इल्बो’ ती अधिकारीहरुलाई फायरिङ स्कावयडले गोली ठोकेर मृत्युदण्ड दिएको समाचार लेखेको छ ।
मृत्युदण्ड पाउनेमा विदेश मन्न्त्रालयका ४ जना अधिकारी पनि रहेका छन् ।

उनीहरु सबैलाई गत मार्चमा उत्तरकोरियाको मिरिम विमानस्थलमा गोली ठोकेर मृत्युदण्ड दिइएको भनेर चोसन इल्बोले लेखेको छ ।

उनीहरुलाई वार्ता असफल भएलगत्तै किमले धम्की दिएको समेत बताइएको छ । विदेश मन्न्त्रालयका अधिकारीमाथि अमेरिकाका लागि जासुसी गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया