यार्सागुम्बा टिप्न डोल्पा पुगेका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।

लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारकालागि रिग्मो गाउँमा ल्याइपुर्याउँदा शनिबार बिहान मृत्यु भएको हो । त्यस्तै जाजरकोट जिल्लाकै २२ बर्षीय रमेश चलाउनेको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकोछ ।

त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का ३८ वर्षीय बुद्धि कार्कीको गएको बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया