इटहरी । पछिल्लो समयमा नेपाली क्रिकेट टिमले हासिल गर्दै आइरहेको सफलतासंगै क्रिकेट खेल प्रति स्कुले विद्यार्थीहरुको आकर्षण समेत बढ्न थालेको छ । विद्यार्थीहरुको आकर्षण खेलकुदमा बढी रहेको समयमा विद्यालयहरुले समेत अतिरिक्त क्रियाकलापका रुपमा खेलकुदका गतिविधीहरुलाई प्राथमिकतामा राख्न थालेका छन । आईसीसी वल्डकप क्रिकेट प्रतियोगिता शुरु भएसंगै इटहरीमा रहेको पशुपति अग्रेजी बोडिगं स्कुलले सो प्रतियोगिताका विषयमा विद्याथीहरुलाई जानकारी गराउने व्यवस्था मिलाएको छ ।

अघिल्लो दिन भएको विश्वकपमा कुनकुन टिमविच प्रतिस्पर्धा भई रहेको छ अघिल्लो दिनको खेल कसले जित्यो लगायतका प्रतियोगिता सम्वन्धी विद्यार्थीहरुलाई जानकारी गराउने व्यवस्था मिलाइएको हो । विद्यालयका प्रिन्सीपल सुमित थापाले खेलकुद प्रति विद्यार्थीहरुलार्ई उत्साहित गर्न पनि यस खाले खेलकुदका जानकारी गराउने कार्यक्रमहरु विद्यालयले गर्दै आएको जानकारी दिए । उनले विश्वकप फुटवल प्रतियोगिताको समयमा समेत विद्यालयले विश्वकप फुटवलमा सहभागी देशहरुका झण्डा फोटो राखेर खेलका विषयमा जानकारी गराएको थियो । विद्यालयहरुले गर्ने यस्ता क्रियाकलापहरुका कारण पनि राम्रा खेलाडीहरु उत्पादनमा समेत सहयोग पुग्ने गरेको छ । पशुपति वोडिगं स्कुलमै अध्ययनरत समिर तिम्सिना अण्डर १६ नेपाली राष्ट्यि टिमका खेलाडी हुन । तिम्सिना पनि विद्यालयहरुले खेलकुदका लागि कार्यक्रमहरु सञ्चालन गर्दा आफुहरु जस्ता विद्यार्थीहरुलाई खेलकुद प्रति उत्साह बढ्ने वताउछन । पछिल्लो समयमा विद्यालयहरुले विभिन्न खेलकुदका गतिविधि तथा प्रतियोगिता आयोजना समेत गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया