इटहर । इटहरीका गायक प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमपको सेमिफाइनलमा पुगेका छन् । उनले सेमिफाइनलमा पनि जजहरुको मन जितेका छन् ।
उनको लुट गए ………..बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको हो .

जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेको देखाइएको छ ।त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज आनन्दले उनको प्रस्तुती आफ्नो लागी यादगार प्रस्तुती भनेका छन् । अर्का जजले भने यहाँ गीत होइन जादु भइरहेजस्तो लाग्यो, मेरो जीवनमा ब्रेकअप भएको छैन, तर यो गीत सुन्दा भएजस्तै लाग्यो ।’

तपाईको प्रतिक्रिया