इटहरी । सुनसरीको इटहरीवाट सञ्चालन भई रहेको एरिना टेलिभिजनको आयोजनामा यही जेठ २९ गते देखि सञ्चालन हुन लागेको एरिना प्रिमियर लिगं प्रयोगिताको शिल्ड सार्वजनिक गरिएको छ ।

विभिन्न छ वटा टिमको सहभागिता रहने एरिना प्रिमियर लिगंको विजयी टोलीलाई प्रदान गरिने शिल्ड पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । एरिना टेलिभिजनका प्रवन्ध निदेशक समिर कार्की सुनसरी क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले शिल्ड सार्वजनिक गरेका हुन ।

प्रतियोगितामा सशस्त्र प्रहरी टिम , नेपाल प्रहरी टिम , मोरगं टिम , झापा टिम , एरिना च्यालेन्जर टिमको सहभागिता रहने आयोजक एरिना टेलिभिजनका प्रवन्ध निदेशक कार्कीले जानकारी दिए । शिल्ड कार्यक्रममा सुनसरी युथ क्लवका अध्यक्ष अफजल आलम एरिना च्यालेन्जरका निर्देशक कुलचन्द्र पुरी लगाएको उपस्थिती रहेको थियो । प्रतियोगिताका लागि लाइट जडान गर्ने लगायतका कामहरु हुदै आएको छ ।

तपाईको प्रतिक्रिया