असार १३ अर्थात जुन २८ गते लाई नेपाल र ईन्डिया मा एक साथ रिलिज मिती तोकेको नेपाली कथानक चलचित्र “आपा” को ट्रेलर रिलिज भएको छ । आज काठमाण्डौ मा एक कार्यक्रम आयोजना गरी MOUNTAIN STORIES ENTERTAINMENT को युटुब च्यानल बाट सो ट्रेलर रिलिज भएको हो । अनमोल गुरुङ को लेखन तथा निर्देशन रहेको फिल्म ‘आपा’ मा दयाहाङ राइ एक अविवाहित ‘आपा’ (बाबा) बनेका छन । ट्रेलर मा दयाहाङ् लाई एक सोझो गाउले ड्राइभर को भूमिका मा देख्न सकिन्छ । दार्जिलिङ र नेपाल को सिमाना सन्दक्पुर को यात्री लाई सेवा दिने दया सहयोगि अनी मिलन सार ड्राइवर देखिन्छन । ट्रेलर हेर्दा लाग्छ , बाबा र छोरा को सम्बन्ध सँगै , सम्बन्ध रगत को मात्रा हैन , भावनात्मक सम्बन्ध ले पनि मानिस को जीवन मा ठुलो मान्यता राख्छ । लेखक ,निर्देशक अनमोल गुरुङ ले एक सोझो ड्राइवर को कथा जस्तो लाग्ने फिल्म मा अहिले का स्कुले बिद्यार्थी को एक अर्का प्रतिको आकर्शण , टीनएज को माया प्रेम अनी बिछोड को कुरा लाई लिएर माया प्रेम को कुरा लाई पनि उन्ने बुन्ने काम गरेका छन । सिक्किम , कालेम्पोङ, दार्जिलिङ र ईलाम को सन्दक्पुर आस पास मा छायाँकन गरिएको फिल्म लाई रुदेन सदा लेप्चा ले निर्माण गरेका हुन । फिल्म मा दयाहाङ् राइ सँगै , सिद्धन्त राज तमाङ अल्लोना काबो लेप्चा,तुलसी घिमिरे , अरुणा कार्की , लगायत को अभिनय रहेको छ । चर्चित पार्स्व गायक थुप्देन भुटिया ,मेलिना राइ , एस डि योगी , अनमोल गुरुङ लगायत को आवाज रहेको फिल्म मा संगीत अनमोल गुरुङ र एस डि योगी को रहेको छ ।

तपाईको प्रतिक्रिया