प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका छन् ।विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि उनले तत्काल समस्या समाधान कक्ष बिहीबारबाट सञ्चालनमा ल्याएको छ।


प्रधानमन्त्रीले एक्सम रुम उद्घाटन गरेर सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरेका थिए। उनले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तर्क्रियामा सहज हुने विश्वास ब्यक्त गरेका छन् ।

एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न र राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमन गर्न सकिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया