मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना लगत्तै बसमा आगलागी भएको थियो ।

स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रागरिरहेका व्यक्तिहरुको उद्धार गरेको बताइएको छ। घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण मिनीट्रकमा बस ठोक्किएको थियो ।

तपाईको प्रतिक्रिया