• चीनको प्रतिष्ठित दैनिक पत्रिका पिपुल्स डेल्लीको अनलाइन संसकरणले केही दिनअघि एउटा भिडियो सार्वजनिक गर्यो । भिडियोको शीर्षक रहेको थियो ‘द विज्डम अफ चाइनिज वर्किङ क्लास ।’

चिनियाँहरुले आफ्नो कामलाई कसरी सहज र सरलीकरण गर्छन् भने भिडियो बनाइएको छ । ८ वटा छुट्टाछुट्टै कामलाई उनीहरुले यहाँ प्रस्तुत गरेका छन् .

पिपुल्स डेलीले सार्वजनिक गरेको भिडियोको चौँथो भागमा महिलाहरुले संरचना निर्माणका लागि आवश्यक गिट्टी तथा बालुवाहरु थुन्सेमा हालेर बोकेको देखाइएको छ ।

न त त्यो भिडियो चीनको नै थियो, न त उनीहरु चिनियाँ नागरिक नै थिए ।भिडियोको पृष्ठभूमिमा बा ५ च २८५५ नम्बरको कार गुडिरहेको देखिन्छ भने पछाडिको दृश्य पनि नेपालकै हो । थुन्सेमा निर्माण सामग्री हालेर बोक्ने महिलाहरु पनि चिनियाँ नागरिक नभएर नेपाली नागरिक नै थिए ।

तपाईको प्रतिक्रिया