प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ रुपन्देहीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ ।

जग्गा खरिद गर्दा पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाको भनाइलाई व्यंग्य गर्दै नेविसंघ रुपन्देहील रकम संकलन गर्न थालेको हो ।

बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम लेखिएको ब्यानर बोकेर नेविसंघले अभियान सुरु गरेको छ ।

आइतवार ६ सय ५५ रुपैंया संकलन भएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका सभापति दिनेश पौडेलले जानकारी दिए । नेविसंघ रुपन्देहीे निर्वतमान सभापति सन्तोष डिसीको को नेतृत्वमा बुटवलको ट्राफिक चोकमा एक रुपैंयाका दरले बटुवासँग रकम संकलन गरिएको थियो ।

संकलित रकम इलाका प्रसाशन कार्यालय बुटवलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा पठाएको नेपाली काँग्रेसका नेता अजय रावतले बताएका छन् ।

तपाईको प्रतिक्रिया