ब्राजिलियन स्टार फुटबलर नेमार प्रशिक्षणको क्रममा घाइते भएका छन् । कोपा अमेरिका कप प्रतियोगिताको प्रशिक्षणको क्रममा उनको बाँया घुँडामा चोट लागेको छ ।

ब्राजिल फुटबल महासंघका अनुसार नेमारको चोटको उपचार शुरु भइसकेको र उनको चोटको मुल्यांकन हुने क्रममा रहेको छ । स्टार फुटबलर नेमारको चोटको कारण कोपा अमेरिका खेल्ने तयारी गरिरहेको ब्राजिललाई ठुलो झट्का लागेको छ ।

तपाईको प्रतिक्रिया