इटहरी /सुनसरीमा जेठ २५ गतेदेखी जिल्ला स्तरिय ए डिभिजन लिग फूटबल सुरु हुनेभएको छ । सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्कीका अनुसार लिग जेठ २५ गते धरान रंगशालामा उद्धघाटन हुनेछ ।

सुनसरीका ४ क्षेत्रमा जिल्लाका १७ वटा क्लबलाई बिभाजन गरि प्रतियोगिता सञ्चालन गरिनेछ भएको छ। जसअनुसार क्षेत्र नम्बर एक अन्तर्गत धरानमा प्रतियोगिता हुदा क्षेत्र नम्बर २ अन्तर्गत बराहाक्षेत्रमा, क्षेत्र नम्बर तीन अन्तर्गत इटहरीमा र ४ नं क्षेत्र अन्तर्गत इनरूवामा खेल खेलाइने जानकारी दिइएको छ । ।

जिल्ला लिग बिजेताले कम्तीमा ५० हजार नगद पुरस्कार सहित प्रदेश लिगमा सहभागिता जनाउन पाउने एन्फा सुनसरी अध्यक्ष कार्कीले जानकारी दिए छन् । एन्फाले ए, बी र सी डिभिजन लिग गरेलगत्तै जिल्ला संघहरु ए डिभिजन लिगको तयारीमा जुटेका हुन ।

 

 

तपाईको प्रतिक्रिया