इटहरी, आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ । त्यस्तै इटहरी उपमहानगरपालिकाले समेत प्रभात फेरि कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाएको छ ।
२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ वर्ष पूरा भएर १२ औं वर्षमा प्रवेश गरेको छ । २०६२ र ०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।  यसै अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छ ।

इटहरी उपमहानगरपालिकाको कार्यलय परिसरबाट निस्केको उक्त र्याआलीले इटहरी चोक परिक्रमा गरि पुन नगरपालिका आएर समापन भएको थियो ।

तपाईको प्रतिक्रिया