प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन् ।

बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा बोलाएपछि ओली ‘आकस्मिक’ रुपमा दिल्ली जान लागेका हुन् ।
दिल्लीमा रहदा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया