इटहरी । गत चैत्र महिनामा आएको विनासकारी हावाहुरीका कारण बारा जिल्लाको महागढीमाइ नगरपालिकाका पिडित १२ परिवारलाई पोर्चुलमा बसोबास गर्ने नेपालीहरुको संस्था व्रिलियन्ते हिमालय एसोसियसन कल्चर संस्थाले आर्थिक सहयोग गरेको छ ।
दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका हावाहुरी पिडितलाई आर्थिक सहयोग गर्न पोर्चुगलमा बसोवास गर्दै आएका संस्थामा आवद्ध सदस्यहरु रकम लिएर आफै पुगेका थिए ।
हावाहुरी पिडितहरुको सहयोगका लागि पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुबाट संकलीत रकम लिएर संस्थामा आवद्ध रमेशराज बास्तोला र दिपक खतिवडाको टोली एभिन्युज खबरको प्रदेस नम्वर १ ब्युरोको सहकार्यमा महागढीमाई नगरपालिकाको वडा नम्वर ६ पुगेर पिडितलाई सहयोग रकम हस्तान्तरण गरे । महागढीमाइ नगरपालिकाको वडा नम्वर ६मा रहेको बबुआइनमा रहेको बस्तीका हावाहुरी पिडित १२ परिवारको अवस्था अनुसार आफुहरुले संकलन गरेको ३लाख ७० हजार रुपौया प्राथमिकताका आधारमा एक परिवारलाई ५० हजार , दुई परिवारलाई ३५ हजारका दरले बाँकी नौ परिवारलाई १० दर हजार र गाउँहरुका लागि आयआर्जनमा सहयोग पुगोस भनेर एक लाख ५५ हजार हस्तान्तरण गरिएको पोर्चुगलबाट आएका रमेशराज बास्तोलाले जानकारी दिए । उनले आफुहरु विदेशमा बसोवास गर्ने भएपनि पिडामा परेका बेला नेपाली दाजुभाई दिदीवहिनीहरुलाई सहयोग गर्दै आएको समेत वताए । सहयोग रकम हस्तान्तण गर्ने क्रममा एभिन्युज खबरका प्रदेस नम्वर १का ब्युरो प्रमुख सचिन पोखरेलले समाचारका माध्यमबाट सचेतना जगाउने काम मात्र नभएर पिडामा परेकाहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफुहरुले सहयोग गर्दै आएको बताए

तपाईको प्रतिक्रिया