चन्दन रौनियार
दुहबी /किरात राईहरुको पर्व साकेला उभौली २०७६सुनसरीको दुहबीमा धुमधामको साथ मनाइएको छ। प्रकृति पुजक किरातीहरुले नाच साकेला सिलिको माध्यमबाट बालिनालि राम्रो होस्,पानी पारोस भन्ने बिस्वासका साथ यो बर्ष पनि विभिन्न सांस्कृतिक झाँक्री सहित साकेला उभौली मनाएको हो।राईहरुको ठुलो चाडको रुपमा मनाईने पर्व उभौलीमा सबैले नाचेर प्रकृतिलाई सम्झेर मनाउने चलन रहेको छ।साकेला सिलि हाम्रो सांस्कृतिक पहिचान भन्ने नारा सहित मनाईएको पर्वमा किराँत यायोख्खा दुहबीका अध्यक्ष ज्ञियान बहादुर राई सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि दुहबी नगरपालिका मेयर बेदनरायण गच्छदार ,बिष्टअतिथि किराँत यायोख्खाका केन्द्रीय सदस्य कमला राई , किराँत यायोख्खाका सुनसरी जिल्ला अध्यक्ष बलराम राई ,अतिथि रहेका थिए। किरात राइहरुको एलेदोंग ५०७९को अवसरमा श्री सरस्वती मावीको खेलमैदान भएको कार्यक्रममा दुहबी ,ईटहरी,झुम्का, धरान, तरहरा तथा सोनापुरबाट सहभागिता भएको दुहबी किराँत यायोख्खाका सचिव दर्शन राईले बताए ।

तपाईको प्रतिक्रिया