- पवन सुवेदी

इटहरी । जनता बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको संयोजनमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।  शुक्रबार आयोजित वक्तित्वकला प्रतियोगिता स्ववियु सचिव बिनोन कोइरालाको अध्यक्षता तथा क्याम्पस प्रमुख भोजराज श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । प्रदेश नं १ मा बिकासको सम्भावना शिर्षक मा आयोजित प्रतियोगितामा १३ जना बिद्यार्थीहरु समभागि रहेका थिए । नविन सर्मा, रामचद्र भटराई र रविन बरालको निर्णायक टोलीले सहभागिहरु मध्यबाट उत्कृष्ट चारलाई छनौट गरेका थिए । जसमा प्रथम पवन बस्नेत, दोस्रो शंखर खत्रि भए भने तेस्रो बिकास कार्की भएका छन् । कार्यक्रम मा बोल्दै स्ववियु सचिव  कोइरालाले बिद्यार्थी हक हितका लागि काम गर्नु आफ्नो धर्म भएको बताए । उनले कार्यक्रममा क्याम्पक को शैक्षिक वातावरण बिगार्ने बिद्यार्थीलाई क्याम्पसले पहिचान गरि कारवाही गर्नु पर्ने धारणा समेत राखेका थिए ।

तपाईको प्रतिक्रिया