झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले ९४ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध सामान बरामत गरेको हो ।

अवैध रुपमा भन्सार छलि भारतबाट नेपाल ल्याउँदै गरेको अन्दाजी ७० हजार मूल्य बराबरको बिभिन्न किसिमका मोटरपार्टसहरु बरामद गरेको थियो । भने नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी २४ हजार मूल्य बराबरको ८ बोरा मटर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

बरामद गरेको उक्त अवैध सामान आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया