भिरबाट खसेको ढुङगाले लागेर महिलाको मृत्यु
भोजपुरको षडानन्द नगरपालिका -१४ कि ६० बर्षीया सिता बुढाथोकीको जंगलमा घाँस काट्ने क्रममा भिरवाट खसेको ढुङगाले लागेर घटनास्थलमा नै मृत्यु भएको छ ।

बिहिवार दिउँसो ४:३० बजे दोभाने भन्ने स्थानमा घाँस काटिरहेको अवस्थामा भिरवाट खसेको ढुङगाले लाग्दा उनको खुट्टाको भाग च्यापीएको थियो । खुट्टा च्यापिएर गम्भीर घाईते भएकी उनलाई लाई प्रहरी चौकी बोयाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा ढुङगा हटाएर राती पौने १० बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

गम्भीर घाईते भएकी उनको उद्धार गर्दा मृत्यु भईसकेको  प्रहरी जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दिङलाबाट थप प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर लैजाने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया