इटहरी / सिरहा बस्तीपुरकी २९ वर्षीया रितुदेवी यादवको आफ्नै पतिले घाँटी थिचेर हत्या गरेको खुलेको छ । इलाका प्रहरी कार्यालयले उनकै पति ३५ वर्षीय चन्देश्वर खेरवार यादवले रितुदेवीको हत्या गरेको जनाएको छ ।
कर्जन्हा नगरपालिका–११ की रितुदेवीको तीन दिनअघि नै हत्या भएको थियो । जेठ ७ गते उनको शव आफ्नै घरको कोठामा फेला परेको थियो । चन्देश्वरलाई प्रहरीले पक्राउ गरी सिरहा जिल्ला अदालतबाट बुधबार म्याद थप गरी कारबाही अघि बढाइएको सिरहाका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताउनु भएको छ ।
भाउजूसँग अवैध सम्बन्धका कारण छोरीको हत्या भए मृत का बाबु कपुल यादवले बताउछन । भाउजूसँग अवैध सम्बन्ध स्थापित भएपछि उनले श्रीमतीलाई कुटपिट गर्न थालेका थिए ।
कुटपिटकै कारण करिब अढाई महिनाअघि छोरीको तीन महिनाको गर्भसमेत खेर गएको बाबु कपुलले बताएका छन् ।

तपाईको प्रतिक्रिया