इटहरी /  उपमहानगरपालिकाका २ जना कर्मचारीलाई हातपात गरेको भन्दै इटहरी उपमहानगरका सबै कर्मचारी आन्दोलित भएका छन् । इटहरी उपमहानगरपालिका कर्मचारी परिवारको नाममा विज्ञप्ती जारी गर्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।‘ कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्दै कर्मचारीले नाराजुलुस गरेका छन । मेयरका यस्ता गतिविधि अवाञ्छित, अलोकतान्त्रिक र आपराधिक हर्कत भएको भन्दै कर्मचारीले प्रेस विज्ञप्ती निकालेर आन्दोलित भएका छन् ।। इटहरी उपमहानगरपालिकाका कर्मचारी परिवारको नाममा कर्मचारीहरुले आजबाटै उपमहानगरका सबै २० वटै वडा समिति र नगरपालिकाको कार्यालयमा तालबन्दी गर्ने र भोलिबाट उपमहानगरको प्राङ्गणमा भेला हुने कार्यक्रम सार्वजनिक गरेका छन् । यही विषयममा मेयर सँग प्रतिक्रीया दिन पुगेका संचारकर्मी विकल रेग्मी र कुष्ण भटराई माथी पनी मेयरले दुव्र्यवहार गरेका छन । संचारकर्मी माथी भएको दुव्र्यवहारको विरोध गर्दै नेपाल पत्रकार महासंघ सुनसरी साखाले विज्ञीप्ती जारी गरेको छ ।

तपाईको प्रतिक्रिया