बंगलादेशको सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ । माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउन भन्दै बंगलादेश सरकारले तटीय क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाएको छ।
सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइएको बंगलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएको छ । तर, हजारौंको संख्यामा रहेका माछा मार्ने समुदाय भने सरकारी निर्णयको विरोधमा देखिएका छन् ।उनीहरुले सरकारी निर्णयको अवज्ञा गर्दै विरोधमा उत्रने तयारी गरेका छन् । सरकारले लगाएको प्रतिबन्ध आगामी २३ जुलाईसम्म लागू हुने छ ।

तपाईको प्रतिक्रिया