इटहरी \ इटहरी मा रहेको डिभिएम स्कुलका संरचना भत्काउन मेयर द्वारिकलाल चौधरीले डोजर लिएर पुगेका छन्। विद्यालय पक्षलाइ दिएको दुइ दिनको समय बारे अझै सहमती हुन सकेको थिएन । सहमतीमा पुग्न समय लागेको हुँदा चौधरी नगरप्रहरीसहित डिभिएम स्कुल पुगेका र विद्यलयलाइ तुरून्त आफुले चर्चेको सार्वजनिक जग्गा छाड्न निर्देशन दिएका छन् ।उनले यस अघि पनि सार्वजनिक जमिन छाड्न स्कुल निर्देशन दिएका थिए ।

 विद्यालय पक्षका ध्रुव सुब्बाले मेयर विद्यालयमा आएको सत्य भएको बताए । सुब्बाले बाहिर आए जस्तो कुनै अप्रिय घटना नहुने बताए । उनले भने हामी पनि सचेत छौँ, भत्काउने पर्ने अवस्था आए हामी आँफै भत्काउँछौ , नगरपालिकालाई दुख दिदैनौँ ।
नगरपालिका सँग बाँकि विषयमा छलफल भइरहेकाले उचित निस्कर्ष निस्कने उनले बताए ।

तपाईको प्रतिक्रिया