उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका –४ सेर्तुङका जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको प्रमाण बाहिरिएसँगै धादिङ कारागारको अस्लिन हर्कद बाहिरीएको छ ।
भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र उनिहरु भने मोज मस्तिका साथ बाहिर रक्सि पिएर बस्छन ।
जिल्ला अदालत धादिङबाट कैद सजाय तोकिएका अभियुक्त हुन् । कानुनतः उनी जिल्ला कारागारभित्रै थुनिएको अवस्थामा हुनुपर्थो ।
उनलाई जिल्ला अदालत धादिङले जबरर्जस्ती करणी मुद्दामा २०७० जेठ २३ गते ११ वर्षको जेल सजाय तोकेको छ । तर उनी सदरमुकाम धादिङबेशीको एक होटलको कोठा नं १०४ मा नियोजित रुपमा थुनिन्छन् । उनलाई अरु कसैले थुनेको नभई जिल्ला कारागार धादिङबाट उपचार गर्ने बाहानामा आफैँ बाहिर आएका हुन् ।

तपाईको प्रतिक्रिया