प्रदेश नं। १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कम्युनिष्टहरूको मूल उद्देश्य अन्तिममा समाजवाद र साम्यवाद नै भएको बताउनु भयो । सरकारले यो कार्यकाल राम्रो काम गरेर देखाउने हो भने अबको ५० वर्ष कम्युनिष्ट नै सत्तामा हुने मन्त्री जिवन घिमिरे ले बताउनु भयो


जनप्रतिनिधि स्वार्थी बन्न थालेको भन्दै जनताको हितमा काम गर्ने उहाँले आग्रह गर्नुभयो। पार्टीमा लामो समयसम्म छाएको अन्योलताले उनीहरू लगामबिनाको घोडा भएको उहाँको भनाइ छ।
भोजपुरमा नेकपाका कार्यकर्ताहरुसँग भएको भेटघाटको क्रममा मन्त्री घिमिरेले चुनाव जितेर जानेहरूमा स्वेच्छाचारिता बढ्दै गएकाले यसलाई बेलैमा सच्याउन जरुरी रहेको टिप्पणी गर्नु भयो
पार्टी एकता टुङ्गिइसकेकाले हिजो को कहाँबाट आयो नभनी एउटै धार भएर नेता कार्यकर्ता अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। सरकारको कामबाट काङ्ग्रेस आत्तिएको टिप्पणी गर्दै, उहाँले बताउनु भयो ‘तलदेखि माथिसम्म जताततै नेकपाको सकृयता देखेर काङ्ग्रेसमा रिस उत्पन्न भएको छ सर्बसाधरणलाई भाषण होइन आश्वासन होइन काम देखाएमात्र आगामि दिनमा सत्तामा रहने बताउनु भयो ।
कार्यक्रममा नेकपाका सचिव विमल खड्काले पार्टी एकीकरणले पूर्णता पाइसकेकाले अब गाउँगाउँसम्म जनतामाझ अभियान लिएर जानुपर्ने बताएका छन् । नेकपाका अर्का युवा नेता शरणकुमार राईले जनप्रतिनिधिहरू र पार्टीबीच निरन्तर समन्वय र सल्लाह गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो।
जनताका गुनासो लाइ आत्मा साथ गरेर बिकास गरेमा मात्र जनताले बिश्वास गर्ने घिमिरे बताउनु हुन्छ , काम गर्न खोज्दा बिफल पार्न धेरै प्रयार भइरहेको उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया