प्रदेश नम्बर १ को छुट्टाछुट्टै २ स्थानमा शनिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका १२ कालीझोडामा शनिवार बेलुका सवा ६ बजे पश्चिम बाट पूर्वतर्फ जाँदै गरेको मे ९ प१७८४ र विपरितदिशाबाट आउँदै गरेको मे ४ प८१८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । जसमा मे ४ प८१८६ नम्बर को मोटरसाईकल चालक मेचीनगरनगरपालिका १४ का ४१ बर्षिय अर्जुन सुनुवारको उपचारको क्रम मा बेलुका ६:४० बजे मृत्यु भएको प्रहरी जानकारी दिएको छ। त्यसैगरि अर्का मोटरसाईकल चालक ईलाम देउमाई नगरपालिका ३ बस्ने वर्ष २९ का प्रेमबहादुर मगर र पछाडी सवार ईटहरी उप महानगरपालिका नयाँ बसपार्क बस्ने बर्ष १७ की आषिकामगर को बिर्तामोड स्थित बि. एण्ड.सी अस्पतालमा उपचार भईरहेको प्रहरी जानकारी दिएको छ।

भने सुनसरीको रामधुनी नगरपालिका १ शिव चोकमा मोटरसाईकलले साईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार १ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी चौधरी को  विराटनगर स्थित गोल्डेनहस्पिटल उपचारको क्रममा अपरान्ह ५:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साईकलमा सवार घाइते निराजनको झुम्का स्थित मोडनक्लिनिकमा उपचार भईरहेको छ । मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया