कोकिला भण्ण्डारी
धनकुटा । धनकुटा जिल्लाको छथरजोरपाटि गाउपालिका सिधुवामा पहिलो पटक स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्धेश्यले बृहत कृर्षि प्रदर्शनी तथा चण्डी पुर्णिमा (रगरगे) मेला २०७६ सञ्चालन गरिएको छ ।
चिसो न्यानो सुन्दर धनकुटाको ताजा तरकारी कृषि आधुनिकिकरण, ब्याबसायीकरण र खाध्य सुरक्षा हाम्रो समझदारी भन्ने नाराका साथ प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना तरकारी जोन धनकुटा सञ्चालक समिति र सुलभ बचत तथा श्रृण सहकारी संस्था सिधुवा बजार ब्यावस्थापन समितिद्धारा मेला आयोजना गरिएको हो ।
मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राईले किसानलाई पहिलो प्राथमिकतामा राखेर प्रत्येक कार्याक्रम सञ्चालन गरिनु पर्ने बताउदै कृषि उत्पादनले धनकुटालाई चिनाएकोमा किसानलाई सम्मान गर्नु पर्ने बताए ।
पुर्बको कृषि उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित सिधुवा बजारमा दुई दिनसम्म सञ्चालन हुने यो कृषि मेला प्रदर्शनीमा कृर्षक, उद्यमी, व्यवसायीहरुलाई आधुनिक खेती प्रविधिका औजार, रोग कीरा व्यवस्थापन, आधुनिक खेती गर्ने तरिका लगायतको बारेमा जानकारी दिने तरकारी जोन सिधुवाका प्रमुख देवेन्द्र साहुले बताए ।
प्रदर्शनीमा एउटै बोटमा २७ वटा सम्म फलेको काक्रा, बन्दा, काउली, प्याज, आलु लहरे बाली, अन्य तरकारी, लगायतका फलफूलका साथै लघु घरेलु तथा साना उद्योगबाट प्रशोधित सामग्रीलाई समूह बनाएर राखिएको छ ।
मेलामा बिभिन्न जातजातिका पहिरन सहितको झाकि प्रर्दशनि, चण्डिनाच, लोकनृत्य पनि सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
किसानले लगाएको तरकारी बालीलाई रोग तथा किराबाट बचाउन किरालाई पासोमा पार्ने प्रविधि फेरेमेन ट्रयाप प्रदर्शनी सहितको कृषि उपजलाई सात बाली समूहमा विभाजन गरी प्रत्येक समूहका उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया