जेष्ठ ५ गते । उदयपुरको कटारी नगरपालिका(१४ घुर्मी(कटारी सडक खण्डको लामीडाँडा भन्ने स्थानमा आज ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ ।

बिहान ५स्४५ बजेको समयमा मिर्चैया बाट सोलु हाईड्रोपावर को लागि सिमेन्ट बोकेर जाँदैगरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर दुर्घटनामा परेको छ । ट्रिपर दादुरा खोलामा खसेर दुर्घटना भएको छ। दुर्घटनामा ट्रिपरका सह(चालक सिन्धुली दुधौली नगरपालिका(११बस्ने बर्ष २० कोलीला बहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका(५ भोर्ले बस्ने तत्काल नाम थर नखुलेका २५ बर्षिय माईलो भनेर चिनीने व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । ट्रिपरका चालक सिन्धुली दुधौली नगरपालिका(११बस्नेबर्ष४०कोहर्क बहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया