इटहरी। बहिनी जिस्क्याएको भन्दै धनकुटाको महालक्ष्मी नगरपालिकामा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।

महालक्ष्मी नगरपालिका वडा नं २ बस्ने २५ वर्षीका घनेन्द्र लिम्बूले आफ्नै साथी सन्तोष लिम्बूको छुरा प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी का अनुसार घनेन्द्र र सन्तोष ले बैशाख पूर्णिमाको अवसरमा साकेला थानी मन्दिरमा लागेकाे उँभौली मेलामा सँगै रातभर नाचगान गरेका थिए ।

 

बिहानै सन्तोषले आफ्नी बहिनीलाई आँखा लगाएको भन्दै घनेन्द्रले सन्तोषमाथि छुरा प्रहार गरेका हुन । छुरा प्रहारबाट सान्तोषको बिहान करीब ५ बजे घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जानकारी दिएको छ ।

छुरा प्रहार गर्ने लिम्बूलाई प्रहरी नियन्त्रणमा लिएको साथै  मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएकाछन् ।

तपाईको प्रतिक्रिया