मे मिजरमेन्ट मन्थ अन्तराष्ट्रिय रक्तचाप मापन अभियान अन्र्तगत गोकुलम र गोकर्ण रिसोर्टमा रक्तचाप मापन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरीएको छ ।

सन २०१७ देखि सुरु गरिएको यस कार्यक्रममा विश्वका १ सय ४० भन्दा बढि देशले सहभागिता जनाएका छन्
प्रदेश १ का सबै १४ जिल्लामा नै यो कार्यक्रम गरिने मे मिजरमेन्ट मन्थअन्तराट्रिय रक्तचाप मापन अभियान प्रदेश १ संयोजक डा। सूर्य पराजुलिले जानकारी दिनुभयो ।
स्थानीय संयोजक कुलबहादुर कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा नवीन लम्साल, इन्दिरा बस्नेत, विनिता विष्ट, अनिषा भुजेल, समिर दाहाल, छिरिङ वानसु सेर्पा, होम पाराजुली लगायतको सहभागितामा ६ सय ५० भन्दा बढीको रक्तचाप मापन गरीएको छ ।

उक्त रक्तचापको बारेमा केहि कुरा तल उल्लेख गरिएको छ।
१। रक्तचाप भनेको के हो रु
मुटुबाट बाहिरिने रगतद्वारा रक्तनलीमा परेको चापलाई रक्तचाप भनिन्छ । ठिक्क रक्तचापभनेको १२० ÷८० हो ।
२।उच्च रक्तचाप भनेको के हो रु
१८ वर्ष भन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर ९सिस्टोलिक० १ सय ४० अथवा त्यसभन्दा बढी र तल्लो ९डायस्टोलिक० ब्लड प्रेसर ९० वात्यसभन्दाबढी पुगे उच्च रक्तचापभएको मानिन्छ ।
३।उच्च रक्तचापको अवस्था कस्तो छ रु
अनुसन्धानहरूले देखाएअनुसार प्रत्येक ५ जना वयस्क व्यत्ति मध्ये १ जनामा उच्च रक्तचाप पाइएको छ । स्ट्रोक र मुटु रोगले हुने मृत्युको ५० प्रतिशतकारण उच्च रक्तचाप हो । उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ ।
४।उच्च रक्तचापको जोखिम कस–कसलाई बढी हुन्छ रु
चुरोट पिउने, धेरै रक्सी सेवनगर्ने, शारीरिक क्रियाकलाप नगर्ने, धेरै चिल्लो खाने, धेरै नुनखाने, अत्यधिक मोटोपन हुने, धेरै तनावलिने, परिवारमा उच्च रक्तचाप भएका व्यक्तिहरूमा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।
५।उच्च रक्तचाप भएको चिन्ने आधार के–के हुन्रु
उच्च रक्तचापभएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्नेजस्ता लक्षण देखा पर्न सक्छन् तर ९० प्रतिशतमा कुनै पनि लक्षण नदेखिने हुन्छ ।
६।उच्च रक्तचापको उपचार किन गर्नुपर्छ रु
उच्च रक्तचापको समयमाउपचार गर्दा हर्टअट्याक, मस्तिष्क स्ट्रोक, मृगौलाको समस्या, अन्धोपन हुने जोखिमअत्यन्तै कमभएर जान्छ ।
७।उच्च रक्तचाप हुने सम्भावना कम गर्न वा भएका व्यक्तिमा हुन सक्ने जटिलता कम गर्न केके उपाय अपनाउन सकिन्छ रु
जीवनशैलीलाई परिवर्तन गर्दै लान चुरोट सेवनकमगर्दै पूर्ण रूपमाबन्द गरौँ । रक्सी र चिनीजन्य पेय पदार्थ बन्द गरौँ । खानामानुनको प्रयोग कम गरौँ । धेरै चिल्लो खानबन्द गरौँ । मासुजन्य परिकारको सेवनकम गरौँ । तनावनलिऔँ र भएमाबिस्तारै कमगर्दै लगौँ । शारीरिक तौल नियन्त्रण गरौँ । नियमितशारीरिक व्यायाम गरौँ । हरियो सागपात र पहलो फलफूलको सेवन गरौँ । पानीको सेवन प्रशस्त गरौँ । एकै चोटी धेरै खाने भन्दा थोरैथोरै खाने बानी बसालौँ ।
८। के उच्च रक्तचापको औषधी आफैँ सेवन गर्नुहुन्छ रु
उच्च रक्तचापको लागि जथाभावी औषधी सेवन गर्दा र चिकित्सकको परामर्श बिना औषधी छोड्दा गम्भीर समस्या निम्तिन सक्छ ।
९। के धामी, झाँक्री, जरा बुटाले उच्च रक्तचापनिको हुन्छ रु
यो रोग लाग्दा अन्ध बिश्वासमा नलनगेकै राम्रो यसले त बरु स्वास्थ्यमा गम्भीर असर पारी मृत्यु पनि गराउन सक्छ ।
१०।पोस्चुरल हाइपोटेन्सन भनेको के हो
कसैलाई लो ब्लड प्रेसर छ र केहीबेर सुतेर वा बसेर अचानक उभिँदा टाउको हलुकाहुने वा रिंगटा लाग्ने भएमा ‘पोस्चुरल हाइपोटेन्सन’ भएको हुन सक्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधीखाइरहेको व्यक्तिमा बढी हुन्छ । वृद्धहरूमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमाऔषधीवायसको मात्रा परिवर्तन गर्नुपर्ने हुन सक्छ ।

तपाईको प्रतिक्रिया