इटहरी/नेपाली पन नेपाली मन” बोलको राष्ट्रिय गित यूट्यूब च्यानल कोशी भिजन फिल्मस् मार्फत सार्वजनिक भए सँगै चर्चित गायक सुमित खड्काको आवाजमा कृष्ण बहादुर थापाको शब्द , शक्ति बल्लबको संगितमा रेकर्ड भएको उक्त गित “2nd young mind entertainment award” को नोमिनेशनमा पर्न सफल भएको छ। यस गितमा कलाकार दिनेश कोइराला , शिव भट्टराई भोजपुरे , सुमन तामांग , रवि , उमेश , शोभाकान्त लगायतको अभिनय रहेको छ। यस गितले आफ्नु जन्मभूमि साथै आफ्नो देश नेपाल प्रतिको माया झल्काउन खोजेको छ।यस राष्ट्रिय गित पोखरा , कागबेनि , जोमसोमको मार्फा , मुस्तांग लगायत नेपालका बिभिन्न रमणीय ठाउँहरुमा सूटिंग भएको छ भने उक्त गितको निर्देशन तथा छायांकन हेमन तामांग र सह छायांकन बिक्रम यम्फुले गरेका हुन्। यस गितले सबै जातजाति भाषा, धर्म,संस्कृतिका मानिसहरु समान हुन् भन्ने सन्देश दिन खोजेको छ।निकै मेहनतका साथ छायांकन भएको सो राष्ट्रीय गितले मेहनतको फल प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया