भविन कार्की
संखुवासभा । खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयको २१ लाख रमक हिनामिना भएको पाइएको छ । खानेपानी कार्यालयका लेखापाल लक्ष्मण पराजुली, काउन्टर इन्चार्ज सुरेश ढकाल र प्रशासन सहायक जुनिता कार्कीले २१ लाख बढी रकम अनियमितता गरेको समितीको आरोप छ ।
खानेपानी कार्यालयका लेखापाल लक्ष्मण ,काउन्टर इन्चार्ज सुरेश प्रशासन सहायक जुनिता लाई महशुल र ५ प्रतिशत अनुदानको रकम हिनामिना गरेको भन्दै समितीले ४ महिना अघि निलम्वन गरिएको अध्यक्ष नरेन्द्र राईले बताए । निलम्वनमा परेका तिनै जना कर्मचारीलाई हिनामिना गरेको २१ लाख रकम दाखिला गर्न दिएको ४ महिनाको म्याद सकिए पछि पुनः सात दिनका लागि म्याद थप गरिएको समितीले जनाएको छ
खानेपानी कार्यालयमा आर्थिक रकम हिनामिना व्यापक भएको गुनासो आएपनि महशुल र उपभोक्ताबाट उठाएको रकमको बारेमा छानविन गर्न गत माघ १५ गते त्कालीन खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणी श्रेष्ठलाई छानविनका लागि जिम्मेवारी दिएको थियो ।
उता खानेपानी समितीले समेत लाखौं रकम घोटाला रहस्य खुले पछि समितीले लेखा प्रतिवेदन दिन नमिल्ने बताउदै प्रतिवेदन लुकाएको छ । समितीका अध्यक्ष र सचिवको मिलेमतोमा लाखौ रकम घोटाला भएको लेखा प्रतिवेदन समितिले लुकाएको हो । लेखा समितीले बुझाएको छानविन प्रतिवेदन माग्दा समितीको अध्यक्ष नरेन्द्र राईले समिती भित्र छलफल गरेर पछि मात्र दिने बताएका छन् । खानेपानी महशुल लगायतको रकम हिनामिना गरेको प्रतिवेदन बैशाख १५ गते समितिलाई बुझाएपनि समितिले प्रतिवेदन पटक –पटक माग्दा समितीले दिन आलटाल गरिरहेको छ ।

तपाईको प्रतिक्रिया