मोरङ/ मोरङको कटहरी–४ मा रहेको क्वालिटी सोप उद्योग बाट निस्किएकाे फोहोर र दुषित पानी सिधै लोहन्द्रा खोलामा मिसाउने गरिएको छ । उद्योगबाट निस्केको दुषित पानीका कारण लोहन्द्रा खोलाको पानी प्रदुषित हुदा फुलटोल मधुराका स्थानीय किसानका गाइवस्तु मर्नुको साथै बिरामी भएको स्थानियहरु बताउँछन ।

उद्योगले सिधै खोलामा पानी मिसाउँदा खोलाको पानी गनाउने, खोलामा पौडी खेल्ने बालबालिकाहरु बिरामी हुने साथै अन्य मानिसहरुलाई समेत घाउ खटिराको समस्या देखिने गरेको उनीहरुले गुनासो गरे । उद्योगबाट निस्कियको धुवा र धुलोको कंणले बारिमा उब्जनिहुन छाडेको स्थानीयवासीहरु बताउँछन् ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले वातावरण प्रदूषित हुनेगरि खोलामा पानी हाल्न कसैले पनि नपाउने बताए । आफूलाई खोलामा दुषित पानी मिसाएको विषयमा सुचना आएकोले तुरुन्तै अनुगमन गरी पिडितलाई क्षतिपूर्ति दिलाउने बताए ।

उता उद्योगले भने पाँच बर्ष पहिले नयाँ प्लान्ट जडान गरि संचालन गरेको

र फोहोर, केमिकलयुक्त पानी खोलामा नमिसाइएको दाबि गरेको छ । भुष

बोइलरबाट लिक भएको पानी खोलामा मिसिएको कारण स्थानीयलाई आशंका भएपनि त्यसले कुनै असर नपर्ने उद्योगले बताएको छ । उता स्थानीयले भने उद्योगले पानीको उचित व्यवस्थापन नगरे आन्दोलन गर्ने बताउदै आएकाछन् ।

तपाईको प्रतिक्रिया