इटहरी । लामो समय अघि हराएर आफुले माया मारिसकेको मोवायल लिन प्रहरीले बोलाएपछि इलाका प्रहरी कार्यालय इटहरी आएका पुन्यप्रसाद अधिकारी हराएको मोवाइल हात परेपछि दंग परे ।

मोवाइल हराएको उजुरीका आधारमा इटहरी प्रहरीले मोवाइल प्रहरी खोजी गरी सम्वन्धीत व्यक्तीलाई हस्तान्तरण गर्ने कार्य अन्र्तगत मोवाइल लिन आएका अधिकारी मात्र हैन सबै हर्सित देखिन्थे । हराएको मोवायल हात पारेपछि मोवायल हरायो तथा चोरीयो भने प्रहरीमा उजुरी गर्न समेत अधिकारी अरुलाई समेत सुझाव दिन्छन ।

बैशाख महिनामा मात्र ६७ मोवायल हराएको निवेदन परेकोमा प्रहरीले ४५ वटा फेला पारेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिए । प्रहरीले घटना अभियुक्त र पिडितको लिकंलाई आधार मानेर अनुसन्धान गर्ने गरी इटहरीमा सिडिआर शाखा सञ्चालनमा ल्याएपछि हराएका मोवाइलहरु फेला पर्न थालेको समेत प्रहरी नायव उपरिक्षक खरेलले वताए । सिडिआर शाखा सञ्चालनमा आएपछि घटना, अभियुक्त र पिडितको लिकंलाई आधार मानि प्रयोग गरिने प्रविधि प्रयोग गरि अन्य अभियुक्तहरुका विषयमा समेत प्रहरीले अनुसन्धान गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया