- पारस सुबेदी

इटहरी / आगलागी पीडितहरुलाई जिल्ला वन कार्यलय सुनसरीले काठ बितरण गर्ने निर्णय गरेको छ । बिगत लामो समय देखि काठ दिन बन्द गरेको कार्यलयले अब भने वितरण गर्ने निर्णय गरेको छ । संवाद समुह सुनसरीको आयोजनामा जिल्ला बन पैदावार आपूर्ती समितिसँग भएको संवादमा पन्ध्र दिन भित्रमा काठ बितरण गर्ने सहमति भएको हो ।
काठ वितरण रोकिदा जिल्ला बन आपूर्ती समितिमा २३ सय भन्दा बढि निवेदन अलपत्र परेका छन् । डिभिजन बन कार्यालय सुनसरीका प्रमुख रामबावु शाहले बिविध कारणले काठ वितरण बन्द भएको थियो । सर्वसाधरणलार्य काठ दिने काम सुरु हुने बताउनु भयो । दैविक प्रकोपमा परी घर बार नभएका जतिलाई २५ क्युइटेल का दरले कार्यलयले निशुल्क काठ बितरण गरीने भएको छ ।
जिल्ला बन कर्यालय सुनसरीका सहायक बन अधिकृत तथा आपूर्ती समितिका सदस्य सचिव राजेन्द्रप्रसाद यादब बताउनु हुन्छ “२०७३ साल अगाडि एक हजार ३३ जनाले घरमा आगो लागेको भन्दै सवै प्रकृया पुरा गरेर निवेदन दिएका छन् , २०७३ साल पछि आगोलागिमा परेको भन्दै २सय २४ र ६७ वटा निवेदन परेका छन् ।”

तपाईको प्रतिक्रिया