इटहरी । हरेक वर्ष वैशाख पुर्णिमाका दिन मनाइने वुद्ध जयन्तिको अवसर पारेर आज सुनसरीको इटहरीमा २५६३ औं बुद्ध जयन्ती धुमधामका साथ मनाइएको छ ।

शान्तिका अग्रत गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर मुलुकमा शान्तिको कामना गर्दै इटहरीमा बुद्ध धर्मालम्बीहरुले मनाएका हुन ।
बुद्ध जयन्तीको अवसर पारेर सुनसरीको इटहरीमा बुद्ध धर्मालम्बीहरुका साथै विभिन्न जातिय संघसंस्थाको आयोजनामा प्रभातफेरी गरियो । प्रभातफेरीमा विभिन्न जातजातीका मानिसहरु जातिय भेषभूषा सहित इटहरी नगरपक्रिमा गरेका थिए । प्रभातफेरी नेवाः देया दबु इटहरी, नेपाल तामाङ्ग महिला घेदुङ, नेपाल मगर संघ , शेर्पा संघ लगायतका जातिय संघ संस्थामा आवद्ध मानिसहरुको सहभागिता रहेको थियो । प्रभातफेरीपछी आयोजित कोणसभाका बक्ताहरुले अहिसांका अग्रदुत वुद्ध जयन्तिका अवसरमा वुद्धका संदेशले एक अर्कापति सदभाव कायम गर्न र शान्ति तथा अहिंसाको सन्देश विश्वभर फैलाउनका लागि आजको दिन ज्यादै महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । त्यसै गरी धरानमा पनि बुद्ध जयन्तीको अवसर पारेर शान्तिको कामना सहित

हिमालय महायान रिगंछेन छ्योगलिगं गुम्बा धरान ८को आयोजनामा विभिन्न जातजातिका मानिसहरुले जातिय भेषभुषा सहित नगरपरिक्रममा गरेका थिए ।

तपाईको प्रतिक्रिया