इटहरी । नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्नेे माग सहित इटहरीमा ज्येष्ठ ६ गते बृहत धार्मिक सभा हुने भएको छ । सुनियोति षड्यन्त्र गरी मुलुकलाई धर्म निरपेक्षता राष्ट्र बनाइएको भन्दै हिन्दु राष्ट्र पुनस्थापनाका लागि सुनसरीको इटहरीमा बृहत धार्मिक सभा आयोजना गरिने भएको धर्मगुरु श्रीनिवासार्चायले जानकारी दिनुभयो । उहाँले जनभावना विपरित केही नेताहरुका कारण मुलुकलाई धर्म निरपेक्ष बनाइएको आरोप लगाउदै हिन्दुधर्म रक्षाको लागि इटहरीमा बृहत धार्मिक सभा आयोजना गर्न लागीएको बताउनु भयो ।

सनातन युवा मञ्च नेपालको आयोजनामा यही जेष्ठ ६ गते सोमबार धर्मसभाको आयोजना गर्न लागिएकोे हो । धर्म सभामा धर्मगुरुका साथै विभिन्न पाटीका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहने सनातन युवा मञ्च नेपालले जानकारी दिएको छ ।

राष्ट्रिय पहिचानको एंव अखण्डताको संरक्षण, धर्म परिवर्तन मा रोक, सनातन धर्म संस्कृतिको संरक्षण को लागी इटहरीमा हुने धर्मसभा ऐतीहासीक हुने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया