इटहरी  / डिएसपी समिरचन्द्र खरेल इटहरी आए पश्चात मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अहिले दुईजना महिला प्रहरी हिरासतमा छन् । यी महिलाहरुले जवरजस्र्ती ‘विवाहित महिलालाई’ नै यौन कार्यमा संलग्न गराएको पिडितकै जाहेरीको आधारमा उनिहरु मुद्दा चलाइएको छ । मुद्दा चल्नेमा इटहरी ९ विपी चौकमा खाजा घर संञ्चालन गर्ने टिका राई र इटहरी ५ पचरुखीमा नम्रता होटल एण्ड लज संञ्चालन गर्ने सपना श्रेष्ठ छिन् । उनिहरुलाई अहिले म्याद थप गरी अनुसन्धानमा राखिएको छ । प्रहरी अनुसन्धानले दुवै होटल संञ्चालिकाले होटलमा काम गर्ने महिला स्टाफलाई जवरजस्र्ती होटलमा आउने ग्राहकसँग यौन सम्पर्क गराउने गरेको देखिएको छ । पिडित भनिएका महिलाहरुले आफुलाई जवरजस्र्ती यस्तो कार्यमा लगाएको र होटलमा काम गर्दाको पैसा समेत नदिइ होटलमा राखेको कुरा जाहेरीमा लेखेका छन् । इटहरीमा ६ बर्षअघि यौन व्यवसायको ‘बिगबिगी’ हुदा होटलका संञ्चालकहरुलाई तत्कालिन डिएसपी बिनोद शर्माले यस्तै मुद्धा चलाएका थिए । जसले गर्दा होटल तथा रेष्टुरेन्टमा यौन व्यवसाय गर्नेहरु पलायनै भएका थिए ।

अहिले इटहरीका खाजा पसल तथा लजहरुमा लुकिछिपी रुपमा हुने यौन व्यवसाय नियन्त्रण गर्न प्रहरीले सिधै मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउन थालेको छ ।

‘अहिलेको फौजदारी ऐनले यस्तो गतिबिधि गर्ने गराउनेहरुलाई सिधै मानव बेचबिखन सम्बन्धि कानुन लाग्छ’ डिएसपी खरेल भन्छन् ‘नेपालमा यौनजन्य गतिबिधिलाई गैरकानुनी करार गरेको छ’ । इटहरीबाट पक्राउ परेका होटल संञ्चालिकाको हकमा भने लामो समयदेखि बालबच्चा भएका महिलालाई ग्राहकसँग जवरजस्ती पैसाको प्रलोभन देखाएर यौन कार्यमा लगाएको खरेल बताउछन् ।

‘होटलमा भाडा माज्ने र सरसफाई गर्ने भनेर महिलालाई काममा ल्याइन्छ, आर्थिक अवस्था कमजोर भएकालाई पैसाको लोभमा जवरजस्ती गरिएको अवस्था छ’ उनले भने ‘हामी कहाँ जाहेरी परेको एक बच्चा भएकी महिलालाई घर जान समेत नदिएको अवस्था थियो’ । सपना श्रेष्ठको नम्रता होटलमा भने प्रहरी आफै ग्राहक बनेर पुगेको थियो । जहाँ एकपटक यौन सम्पर्क गरेको १५ सय रेट थियो । शरिर नै बन्धक बनाएर यौन व्यवसाय गराएको आधारमा श्रेष्ठलाई केही दिनअघि मात्र इटहरी प्रहरीले पक्राउ गरेको थियो । इटहरी प्रहरी यौन व्यवसाय प्रति कडा रहेको बताउदै डिएसपी खरेलले होटल व्यवसायीहरुलाई समेत सचेत हुन आग्रह गरेका छन् । यौन व्यवसाय गरेर अझै पनि इटहरीमा पैसा कमाउने सोचका व्यवसायी छन् भने प्रहरी उसैको लागी ‘घातक’ हुने खरेल बताउछन् ।

स्ाेत – अपराध न्यूज

तपाईको प्रतिक्रिया