इनरुवा/सुनसरीको इनरुवामा आगामी शनिवार देखि सुरु हुने डे नाइट इण्डो नेपाल टि १० क्रिकेट प्रतियोगिताका लागि आवश्यक तयारी पुरा भएको छ ।आयोजक सुनसरी युथ क्लव इनरुवाले पत्रकार सम्मेलन गरि प्रतियोगिताका लागि आवश्यक तयारी पुरा भएको जनाएको हो ।
इनरुवा नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष अफजल हुसेनले जानकारी दिए । उनले प्रतियोगिता अन्र्तगत नेपालका ३ टिम र भारतका ३ टिमको सहभागीता रहेने समेत वताए । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले खेल क्षेत्रको विकासका लागि नगरपालिका आफै आयोजक भएर प्रतियोगिताहरु सञ्चालन गर्दै आएको जानकारी दिए । प्रतियोगिताका लागि अन्तराष्टिय स्तरको लाइट जडान गरि सकिएको समेत जनाइयो ।
मुलुकमै पहिलो पटक डे नाइट टि १० आयोजना हुन लागेको दावी गरिएको प्रतियोगिता यही जेष्ठ १५ गते सम्म सञ्चालन हुने लिग आधारमा खेलाइने भएकाले सहभागी टिमले कम्तीमा पाँच खेल खेल्नु पर्ने जनाइयो । प्रतियोगिताको विजयी एक टिमलाई मात्र नगद , शिल्ड तथा प्रमाण पत्रले पुरस्कृत गरिने समेत आयोजकले जानकारी दिए । विजयी टिमले नगद डेढ लाख सहित शिल्ड तथा प्रमाण पत्र हात पार्ने छ ।

तपाईको प्रतिक्रिया