सरकार समृद्धिको नारा लगाई रहेको छ । जनता बिकास खोजी रहेका छन् । हाम्रो जस्तो बिकासउन्मुख राष्ट्रले बिकासको बाटो खोजि रहको छ । देशका नेता बिकास गछौं भन्दै हिडिरहेका छन् । बिकासको लागी सबैले आ–आफ्नो पक्षबाट पहल गरिरहदा सुनसरीको इटहरी निवासी व्यवसायी भिम पौडेलको एकल प्रयास, लगानीमा धेरै सडक, पुल, विद्यालय भवन, रोजगारी सम्भव भएको छ । भिम पौडेल व्यवसायी हुन तर उनले व्यवसायमात्र गरेका छैनन समाजलाई आवश्यक पर्ने हरेक क्षेत्रमा योगदान दिएका छन् । व्यवसायी भएर नाफामात्र कमाउनु मेरो उद्धेश्य रहेन समाजमा बसे पछि सामाजले रुचाउने हुनु पर्छ भन्ने बिचार पौडेलले व्यक्त गरेका छन् । उनले उत्तरी मोरंङमा सञ्चालन गरेको क्रसरको कारण संयौ बेरोजगारी मानिसले रोजगारी दिएका छन् । व्यवसाय सबैले गर्छन नाफापनि कमाउछन तर समाजका लागी केही गरा्रै भन्ने कोहि निस्केन्न तर पौडेल मात्र त्यस्तो व्यक्तित्व हुन् जसले मोरंङको लेटांङ बासीलाइ  बिकासकाे पहिचान दिलाएको स्थानियहरु बताउछन् । सघर्ष र दःुख बुजेको कारण सबैको मर्म बुझ्न सक्ने भिम पौडेल बताउछन् । पौडेल अहिले पनि पनि अरु सामान्य सर्बसाधरण जस्तै श्रम गर्दछन । अनि साधारण जिवन बिताउँछन् । उनले लेटांङ नगरपालीका वडा नम्बर ३ मा पर्ने कमलपुरमा करिब ७ किलोमिटर सडक आफ्नो निजि श्रोतबाट करिब २ करोड भन्दा बढि लगानीमा कालो पत्रे गरेका छन् । स्थानियका अनुसार लेटांङ नगरपालीका भित्र लाखौँ सामान्य बर्गका वालबालिकाको भविष्य नियाल्दै श्री शान्ति भगवती माध्यमिक विद्यालयमा ३५ लाखको लगानीमा भवन निमार्ण गरिदिएको विद्यालयले जानकारी दिएको छ । कुनै श्रोत व्यवस्थापन हुन नसक्दा विद्यालयमा भवनको अभाव भएको अवस्थामा भिम पौडेलले भवन निमार्ण गरिदिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज चामलिंङले बताए ।

सानै देखि दःुख गरेर व्यवसायको मर्म बुझेका भिम पौडेल बिकास प्रेमी अरुको दुःख बुझ्न सक्ने रहेको लेटांङवासि बताउछन् । भिम पौडेलको जिवन कथा निकै सर्घष र सिक्न योग्य रहेको छ । नुनको व्यापार गर्दाको दःुख देखि अहिले सम्मको यात्रामा उनले कहिले पनि आफु घमण्डी नरहेको उनलाई नजिकबाट बुझने सुभचिन्तकहरुले बताउछन् । भिम पौडेल नम्र स्वभाव र चरित्रका कारण सबैको मनमा बस्न सफल छन् । व्यवसायभन्दा बढि सामाजिक हुन् रुचाउने पौडेलले धेरैको जिवनमा सकारात्मक परिवर्तन ल्याएका छन् । जिवनका धेरै दःुखलार्इ आत्मसाथ गर्दै आएका पौडेलले व्यवसाय संगै मानविय बिकास, भौतिक बिकास, सामाजिक बिकासमा पनि योगदान दिदै आएका छन् । व्यवसायको शुन्यताबाट प्रारम्भ गरेर व्यवसायको वास्तबिक्तालाई बुझेका पौडेल यति बेला उद्योग वाणिज्य संघ इटहरीको चुनावमा पनि अध्यक्षको उम्मेदवार रहेका छन् । पौडेल भन्छन ‘म इटहरी क्षेत्रका उद्योगी व्यवसायीहरूको समस्या हल गर्नका लागि सबै दृष्टिबाट तयार भएको छु,’ पौडेलले भने, ‘त्यतिमात्रै होइन, आफूसँग भएका साधन र स्रोतहरूलाई अधिकतम प्रयोग गरी स्थानीय सरकारसँग सहकार्य गरी इटहरी क्षेत्रको विकास गर्न पनि आफू लागि पर्नेछु ।

पौडेल व्यवसायको मर्म र व्यवसायीको समस्यालाई बुझेको बताउदै आफ्नो जित सुनिश्चित रहेको बिश्वास व्यत्त गर्छन । सुरुमाअरुको गाडिमा लेभर गरेका भिम पौडेल निरन्तर मेहेनत गरी आजको बेरोजगारी परीबेशमा हजार यूवालाई रोजगारीको अबसर दिएका छन् । आज उसको पक्षमा समाजले आसाको दियो बालेका छन् । सम्पति सबैले कमाउछन तर भिम को जस्तो समाजका लागी केहि गर्छु भनेर मरी मेटने व्यक्ति सायद कमै छन् । समाजमा जे कुराको आवश्यक छ त्यसको समाधानका निम्ति उनि सदैब आफुले सक्ने आर्थिक , मानसिक सामाजिक रुपमा सहयोग गरैका छन् । नेपाल जस्तो बिकासको गतिमा लम्कि रहेको देशमा उनले अर्थतन्त्रमा ठुलो योगदान पुर्याएका छन । जसको कारण व्यवसायीको मात्र हैन सबैको नजरमा भिम पौडेल पर्ने गरेका छन ।

तपाईको प्रतिक्रिया