सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका कार्य क्षेत्र रहेर कलम चलाउर्दै आएका न्युज टाइम्सका संचालक राजन पोखरेल राष्ट्रप्रेमी राज नेपाली  प्रेस युनीयनमा प्रवेश गरेका छन् । नेपाल सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा जनाउदै आफु प्रेस युनीयनमा प्रवेश गरेको पोखरेलले बताएका छन् । केही वर्ष यता तत्कालीन नेकपा एमालेको युवा संघमा आवद्ध रहेर नेपाली काङग्रेस पाटी र उस्का कार्यकर्ताहरुको खरो आलोजना गर्दै आएका थिए । केही दिन देखी केपी शर्मा ओली सरकारको काम कार्वाही प्रति असन्तुष्टी जनाउदै आएका पोखरेल आज सुन्दरहरैंचा नगरपालिका स्थीत इन्द्रपुर जेसीजको सभाहलमा काङ्ग्रेसको क्षेत्रीय समितिको प्रशिक्षण कार्यक्रम मार्फत प्रेस युनीयनमा आवद्ध भएका हुन् । उनी संगै सुन्दरहरैंचाका नेकपा सम्बद्ध दर्जनौ युवा काङ्ग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले पाटीको झण्डा र अभिर लगाएर पाटी प्रवेश गराएका हुन् । यता पत्रकारका रुपमा चिनीएका पोखरेलले कसैलाई भेदभाव नगरिे निश्पक्ष रुपमा कलम चलाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया