- पवन सुवेदी

इटहरी /इटहरीस्थित जनता बहुमुखी क्याम्पसको स्ववियु निस्कृय बनेको छ । विद्यार्थीको हकहितका लागि काम गर्ने स्वतन्त्र बिद्यार्थी युनियन निस्कृय बन्दा बिद्यार्थी हरु सास्ती खेप्न बाध्य छन । बिद्यार्थी हक हित को सुरक्षा, बिद्यार्थीका समस्या, गुनासा समाधान गर्न र शैक्षीक एजेण्डा मा सर्मपित हुन गठित स्वतन्त्र बिद्यार्थी युनियन(स्ववियु) जनता बहुमुखी क्याम्पस इटहरीमा गठन भएको एकसाता देखीनै निस्कृय भएको हो । स्ववियु निस्कृय हुदा जनता बहुमुखि क्याम्यसका बिद्यार्थीहरु समस्या मा परेका छन । क्याम्पसमा बिद्यार्थीका समस्या र गुनासा का चाङ लागेको छन । जनता क्याम्पसमा स्ववीयु निर्वाचन जितेपछी निर्वाचित कार्यसमिती नै कलेज आउन छाडेका थिए । स्ववियु निर्वाचनमा बिद्यार्थीलाई ठुलो आस्वासन बाडेर नेतृत्व मा पुगेका जनता बहुमुखी क्याम्पसका स्ववीयु सभापति रुपचन्द्र अधिकारी इटहरीवाट पलाएन भएपछि स्ववियु निस्कृय भएको हो । उनि पलाएन भए सँगै स्ववियु कार्यकक्ष बन्द कोठा मा सिमित छ । सभापति नेै नभएपछि काम गर्न नसकिएको स्ववियु सदस्यहरु बताउछन । उनिहरु भन्छन बिद्यार्थी का लागि काम गछौँ भनेर नेतृत्व मा आएकाले बिचै मा छोडेर गए सोचेको काम गर्न सकिएन । उता बिद्यार्थीहरु आफ्ना समस्या सुन्ने कोही नभएको गुनासो गर्छन । समस्या राख्न स्ववियु कार्यालय जाँदा सधै ताला हेरेर फर्कीनु पर्ने बिद्यार्थी सर्मीला दाहालले बताइन ।

तपाईको प्रतिक्रिया